भाइटिकाको भोलिपल्ट ‘भीमकाली साँझ’
पाेखरा | कात्तिक १६, २०८१
पोखरामा क्रियाशिल भीमकाली क्लबले चौथों संस्करणको भमकाली साँझ तथा देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ ।
क्लबका सदस्य अन्जन देवकोटाका अनुसार उक्त कार्यक्रम पोखरा महानगरपालिका १ बगरस्थित ट्याक्सीचोक यही १९ गते हुनेछ ।
उक्त कार्यक्रम बेलुकी ५ बजेबाट सुरु हुने उनले बताए ।
सो कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाल आइडलका टप फाइभ मानव परियार रहने छन् । भने, विभिन्न समुदायमा प्रचलित नृत्यहरुको प्रस्तुत हुनेछ ।
उक्त कार्यक्रमबाट बचत हुने रकम सामाजिक कार्यमा खर्चिने आयोकजले जनाएको छ ।
भीमकाली क्लब विगत लामो समयदेखि खेलकुद तथा सामाजिक क्रियाकलापमा सक्रिय आएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

